सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । संसदीय छानबिन समिति गठनमा नेपाली कांग्रेससहितका विपक्षी दलहरुलाई सरकारले नटेरेपछि विपक्षी दलहरु संयुक्त रुपले कडा रुपले प्रस्तुत भएर जाने निर्णय गरेका छन् ।
आज दिउँसो कांग्रेससहितको विपक्षी दलहरुको बैठकले संसद र सडकबाट संयुक्त रुपमा छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समितिको मागलाई अझ थप कडा र सशक्त रुपमा उठाउने विपक्षी दलको बैठकले निर्णय गरेको छ।
आजको बैठकबाट कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ), उपेन्द्र यादवको जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा संयुक्त रुपमा जाने भएका हुन् ।