करेन्ट लागेर भक्तपुरमा एक युवकको मृत्यु

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

भक्तपुर ।  प्लम्बिङको काम गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार भक्तपुर -८ च्यामासिंहमा निर्माण हुँदै गरेको घरको काम गर्ने क्रममा करेन्ट आज दिउँसो लागेर सूर्यबिनायक -६ का ३० वर्षीय सरोज त्वयनाको मृत्यु भएको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ।

सरोजको उपचारका क्रममा मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्