एमाले बाँके अध्यक्षका उम्मेदवारमा डिल्ली बिसी र भुगोल सदस्यमा सफिक बेहना बलियो

आइतबार, जेठ ६, २०८१
Neuro hospital Nepalgunj

बाँके । नेकपा एमालेको बाँकेको ९ औं जिल्ला अधिवेशनमा  दुई जना नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

बाँकेमा पार्टीलाई पुनः १ नम्बरमा लैजानको लागि यो अधिवेशन अत्यन्तै अर्थपूर्ण मानिएको छ । अधिवेशनबाट नेतृत्वमा आउनको लागि ३ जनाको रस्साकस्सी देखिए पनि बर्तमान  अध्यक्षले उम्मेदवारी फिर्ता लिएपछि दुई जना मात्रै उम्मेदवार बनेका छन् । दुई जना उम्मेदवारमा उपाध्यक्ष  डिल्ली विसी आफ्ना प्रतिस्पर्धीलाई पछाडि पार्दै सबैभन्दा अगाडि देखिएका छन । नेतृत्वको प्रतिश्पर्दामा बिसिसंगै निरक गुरुङ्ग रहेका छन् ।

बिसीलाई जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, तथा आफ्नै कमिटीका पदाधिकारीहरुको समेत साथ रहेको बताउएको छ।

मुस्लिम भुगोल सदस्यमा चर्चित युवाको उम्मेदवारी 

नेकपा एमाले बाँकेको ९ औं अधिवेशनमा नेपालगन्जका चर्चित अनुहार मो.सफिक बेहना पनि अगाडि सरेका छन् । नेपालगन्ज-४ का पूूर्व अध्यक्ष, समाजसेवी र सहयोगी मनका बेहनाले मुस्लिम भुगोल सदस्यमा बाजी  मार्ने देखिएको छ।

सबैका प्रिय रहेका बेहना एमालेका सबै कार्यकर्ताका माझ लोकप्रिय छन् । युवा जमातले औधी रुचाउने बेहनालाई हरकोहीले माया गर्ने गरेका छन् । कयौं प्रतिनिधि भन्छन्-" भुगोलबाट बेहनाको जित निस्चित छ।"

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्