काठमाडौं महानगरले चलायो गौशालामा डोजर

आइतबार, जेठ ६, २०८१

काठमाडौं ।  काठमाडौंको गौशालामा काठमाडौं महानगरले डोजर चलाएको छ । महानगरले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको हो । 

आज महानगरले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएको हो । 

गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरू भत्काएको महानगरपालिकाले बताएको छ । 

महानगरले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरू भत्काएको थियो । महानगरले मापदण्ड विपरीत बनाएका महानगरपालिका भित्रका संरचनाहरू भत्काउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्