बबई नदीमा डुबेर सल्यानका दुई जनाको मृत्युु

आइतबार, जेठ ६, २०८१
Neuro hospital Nepalgunj

दाङ ।   सल्यानका दुई जनाको नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको छ । सल्यानको कालिमाटी गाउँपालिका – ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।

शनिबार दिउँसो घर नजिकको बबई नदीमा उनीहरु नुहान गएका थिए । अबेरसम्म घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो ।

खोजीका क्रममा बेलुकी आठ बजेतिर उनीहरुको अचेत अवस्थामा बबई नदीमा फेला परेका थिए ।

घर परिवगारको आग्रहमा दुबै जनालाई राति नै बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा पु¥याइएको थियो । तत्काल चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए । पोष्टमार्टमका लागि दुबै जनाको शब नेपालगन्जमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्