जहाँ आवश्यकता, त्यहाँ लायन्स

आइतबार, जेठ ६, २०८१
Neuro hospital Nepalgunj

बुटवल । विहानको ठिक १० बजेको थियो । पहाडको पारिलो घाम, चिसो हावाले मौसमलाई शितलता बनाई रहेको थियो । सोही समयमा पहेँलो टिसर्ट लाएका धेरै मानिसहरु स्कुलमा पुग्दा विद्यार्थीहरु अचम्म परेर हेर्दै थिए । शिक्षक, शिक्षिकाहरु विद्यार्थीहरुलाई कक्षा कोठामा बसाल्न कक्षा कोठाहरुको मार्च गर्दै गरेको देखिन्थ्यो । नयाँ अनुहारका मान्छेहरु किन स्कुलमा आए भनेर जागृत भएका विद्यार्थीहरुको जिज्ञासालाई करिव आधा घण्टाको समयमा बुझाउने गरी तयारी थालियो । स्कुलको प्राङ्गन एकैछिनमा अभिभावकहरुको बाक्लो जमघटले भरिभराउ भयो । अभिभावकहरुको मुहारमा खुसीपना देखिन्थ्यो । कारण लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ बुटवलको टोली विद्याथीहरुलाई स्कुलको पोशाक वितरण गर्न गुल्मीको पश्चिम विकट क्षेत्र मानिने मालिका गाउँपालिका स्थित रहेको श्री सिद्देश्वरी प्राथमिक विद्यालय र अर्काे खड्क आधारभूत विद्यालय पुगेको थियो । 

“हामी सेवा गर्छौ” भन्ने मुल नारा लिएर विश्वका अधिकांश मुलुकहरुमा स्थापना हुँदै आएको लायन्स क्लब मानवीय सेवा गर्नेमा संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था मानिन्छ । फरक क्षमता भएका तर अवसर नपाएकाहरुको लागि लायन्सको प्रमुख प्राथामिकतामा हुन्छ। सोही सेवालाई निरन्तर दिदै गत शुक्रवार लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ बुटवलले गुल्मीको मालिका गाउँपालिकामा पर्ने दुई वटा स्कुलहरुमा पुगेर पोशाक वितरण गरेको हो । 

दुइै विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई स्कुलको लोगो सहितको पोशाक वितरण गरिएको क्लबका बर्ष २०२३/०२४ का अध्यक्ष लायन थानेश्वर अर्यालले बताए । उनि भन्छन्, मेरो एकबर्षे कार्यकाल सकिन लाग्यो, त्यसैले मैले कखरा सिकेको पहिलो स्कुलमा पुगेर सेवा गर्ने चाहाना थियो, सोही अनुरुप त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने सोँचले मैले पढेका दुई वटा स्कुलमा सेवा गरेका हौं, हाम्रो लायन्स क्लबले अवसर नपाएका र अधिकारबाट बञ्चित भएकाहरुको सेवा गर्छ, । हाम्रो क्लबले बाबुआमा नभएका दुई जना नानी र बाबुको पालनपोषण लगायत सबै गर्दै आएको छ । यस्तो प्रकारको मानवीय कार्य गर्ने नेपालकै पहिलो क्लब हाम्रो हो, उनले दाबीका साथ भने । पोशाक वितरण कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष लायन कमल थापा क्षेत्रीले आफुभन्दा कम भाग्यमानी नागरिकहरुको सेवा गर्नका लागि सामूहिक र निस्वार्थ सेवा प्रदान गर्न स्थापित “हामी सेवा गर्छौ” गर्ने मुल मन्त्रका साथ विगत ८ बर्षदेखि निरन्तर सेवा गर्दै आएको स्पष्ट पारेका थिए । 

नेपालमा सन १९७१ सालमा विराटनगरबाट पूर्वप्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब बाट प्रवेश भएको उल्लेख गर्दै अहिले नेपालका विभिन्न जिल्ला र क्षेत्रहरुमा लायन्स क्लबले सेवा दिँदै आएको बताएका थिए । अहिले नेपालमा करीब दुई हजारभन्दा धेरै क्लबहरु छन् । ती क्लबहरुले पनि सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी बर्ष पनि यस्तै कार्यलाई निरन्तरता दिने कुरामा आफुहरु दृढ रहेको जिकिर गरेका थिए । 

“लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा डिष्ट्र्रिक तीन सय २५ पीको नारा शहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको क्लबका बर्ष २०२४/०२५ का नवनिर्वाचित अध्यक्ष लायन विमल न्यौपानेले बताए । उनले भने, जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने चरितार्थलाई आफ्नो क्लबले पूरा गर्दै आएको जनाएका थिए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालले स्कुलको भवन पुराना र जीर्ण भएकाले स्थानीय तहको ध्यानाकर्षण गराएका थिए । उनले विद्यालयमा व्यवस्थित हल नभएका कारण कार्यक्रम गर्न समेत निकै चुनौति भएको समस्या सुनाएका थिए । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जीर्ण बन्दै गएको स्कुलको भवन निर्माण लगायतमा आगामी बर्ष पहिलो प्राथमिकतामा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल टेलिभिजन गुल्मीका संम्वाददाता एवं थानापति निमावी स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले गुल्मीको दुर्गम मानिने मालिका गाउँपालिकाका दुर्य वटा स्कुललाई गरेको सेवाले विद्यार्थीहरु थप अध्ययनप्रति रुचि बढ्नेमा हौसाला प्रदान गर्ने विश्वास व्यत्तः गरेका थिए । पोशाक वितरण कार्यक्रममा क्लबका पूर्वअध्यक्ष लायन लक्ष्मण कुँवर, संस्थापक सचिव लायन खिला अधिकारी, बर्ष २०२३/०२४ का कोषाध्यक्ष लायन रविन रायमाझी, बर्ष २०२३/०२४ का सचिव लायन प्रभात जिसी लगायत क्लबका अन्य लायन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्