नेपालगञ्जको जमुनाहा नाका बन्द

शनिबार, जेठ ५, २०८१

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित नेपाल-भारत सीमा नाका बन्द (सिल)हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच जिल्लामा जेठ ७ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी आज राती साढे १० बजेदेखि जेठ ७ गते बेलुकी ५ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले नाका बन्द गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्