योग प्रशिक्षकलाई सम्मान

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । याेग समिति नेपालकाे याेग प्रशिक्षक चाैथाे व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य भव्य र सभ्यरूपमा सम्पन्न गरेकाे छ ।

नेपालगन्ज -१० गाेसाईगाउँस्थित याेग केन्द्रमा आयाेजित उक्त कार्यक्रममा याेग गुरू गिरिराज भट्टराई, गुरूआमा मन्दरा शर्मा, याेग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, आजीवन सदस्य निलबहादुर शाक्यलाई सम्मानका साथै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

त्यसैगरी याेग समिति नेपालका केन्द्रिय पदाधिकारी, पूर्व पदाधिकारी, प्रथम, दाेश्राे तथा तेश्राे व्याचका याेग प्रशिक्षकहरूलाई सम्मान गरिएकाे थियाे । सम्मान गर्ने क्रममा चाैथाे व्याचकाे तालिम अवधिमा तालिम प्रदान गर्ने चिकित्सकद्वय डा. दिनेश कुमार चाैधरी र डा. प्रविण गुप्तालाई समेत सम्मान गरिएकाे थियाे ।

चाैथाे व्याचका प्रशिक्षक प्रेम केसीकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि याेग गुरू भट्टराईले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षक अनिता श्रेष्ठले स्वागत गरेकी थिइन् भने कार्यक्रमको उद्देश्यमाथि प्रशिक्षक पुरूषाेत्तम खनालले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा तेश्राे व्याचका याेग प्रशिक्षक काेपिला संग्राैलाले याेग सम्बन्धि आफ्नाे अनुभव सुनाएकी थिइन् । प्रशिक्षकद्वय तारा राेकाया र पुष्पा ज्ञवाली खनालले गीत तथा कविताले मनाेरञ्जन दिएका थिए । 

कार्यक्रममा सल्लाहकार वैश्य, उपाध्यक्ष लाेकमाया सुवेदी, सदस्य झवि शर्मा तथा प्रशिक्षक अरूण सिंहले आफ्नाे धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा याेग प्रशिक्षक चाैथाे व्याचकाे समूहगत फाेटाे केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरिएकाे थियाे भने चाैथाे व्याचका प्रत्येक प्रशिक्षकलाई याेग गुरूबाट समूहगत फाेटाे वितरण गरिएकाे थियाे ।

कार्यक्रमको संचालन प्रशिक्षकद्वय श्यामकुमार अधिकारी र तारा राेकायाले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्