अपराजित बन्दै एपीएफले जित्यो वुमन्स टी-२० कपको उपाधि

शनिबार, जेठ ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अपराजित बन्दै ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधि एपीएफले जितेको छ। आज भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफले मेयर्स कपको उपाधि जितेको हो।

त्रिवी मैदानमा पहिला ब्याटिङ गर्दै एपीएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर खेल्दै ५ विकेट गुमाएर १५३ रन बनाएको हो। यो जितसँगै एपीएफले वुमन्स टी-२० उपाधिमाथि ह्याटि्रक गरेको छ।

सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक ६७ रन बनाइन।सुदूरपश्चिमविरुद्ध एपीएफका करुणा भण्डारीले २ र सुमन विष्टले १  विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेल्दै ४ विकेटको क्षतिमा १५५ रनको योगफल तयार पारेको थियो ।

एपीएफका लागि सीता राना मगर र राजमति ऐरीको अर्धशतक प्रहार गरे । सीताले सर्वाधिक ७४ र राजमतिले ५० रनको योगदान दिए । यस्तै, ममता चौधरीले १०, इन्दु बर्माले ९ र रोमा थापाले ६ रन जोडे । अर्धशतकमा १५५ रन बनाएको थियो । सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले १-१ विकेट लिका हुन् ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्