सडकबाट जिप ५ सय मिटर तल खस्यो, दुई जानको मृत्यु

शनिबार, जेठ ५, २०८१
Neuro hospital Nepalgunj

मकवानपुर । मकवानपुरमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग३च ९४७५ नम्बरको जिप सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रौतहट मौलापुर नगरपालिका-६ का १७ वर्षीयविवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको  मकवानपुरस्थित सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साहको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्