कारको ठक्करबाट पत्रकार शिवेन्द्रको मृत्यु

शनिबार, जेठ ५, २०८१
Neuro hospital Nepalgunj

धनुषा । कारको ठक्करबाट मोटरसाइकल सवार एक जना पत्रकारको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका-८ का स्थायीवासी राजधानी जनकपुर अनलाइनका ३२ वर्षीय पत्रकार शिवेन्द्र रोहिताको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

जनकपुरमा आज बिहान ३ बजे जनकपुरधामस्थित थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले पत्रकार शिवेन्द्रले चलाएको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

कारको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार पत्रकार शिवेन्द्रका २५ वर्षीय साथी जयनाथ यादव घाइते भएका छन् । यादवको स्थानीय सीता अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषा प्रहरीले ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्