कलाकार केसीको निधन, बेल्जियममा अन्त्यष्टि

शुक्रबार, जेठ ४, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । हृदयघातका कारण गत शनिबार निधन भएका कलाकार उज्वल केसीको बेल्जियमको केरकसेमा अन्त्यष्टि गरिएको छ।

बुधबार अन्त्यष्टि पूर्व केसीको पार्थिव श।रमा अन्तिम श्रद्धाञ्जलीकालागि आन्तर्पेनको सामुदायिक भवनमा राखिएको थियो जसमा बेल्जियमस्थित बिभिन्न सामाजिक तथा बैचारिक संघसंस्थाका पदाधिकारी, प्रतिनिधि लगायत सर्बसाधरणले फुलको गुच्छाहरुसहित अन्तिम श्रद्धाञ्जिली दिएका थिए । 

विगत दुई दशक भन्दा लामो समयदेखि बेल्जियममा बस्दै आएका केसीले १८ बर्षको कलिलै उमेरबाटै कलाकारिताको क्षेत्रमा प्रबेश गरेका थिए भने क्लासिक एफएम, नेपाल टेलिभिजनबाट विभिन्न कार्यक्रमहरुमा सहभागिता तथा संचालन गरेका थिए ।  

पछिल्लो समयमा उनले सन् २०१२ देखि युआर क्रियशनको व्यानरमा विभिन्न नेपाली तथा विदेशी भिडियोहरु निर्माण गर्दै आएका थिए । स्व. केसीका निर्माणधिन भिडियो तथा फिल्महरुलाई उनकी कान्छि छोरी लिजा सुबेदीले निरन्तरता दिने र सम्पन्न गर्ने जनाइएको छ ।  स्व.केसीका एक श्रीमती र दुई छोरी छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्