दाङको दंगीशरणमा पशु स्वास्थ्य शिविर

शुक्रबार, जेठ ४, २०८१

प्रमोद आचार्य / दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजना, दंगीशरण गाउँपालिका दाङ र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा १ दिने पशु स्वास्थ्य शिविर दंगीशरण गाउँपालिकाको वडा नम्बर   ६ को प्रसडुवमा सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले  कृषि र पशुपालनमा आश्रीत गाउँपालिका रहेकाले यहाँका किसानहरुलाई लाभान्वित हुने खालका कार्यक्रमहरु अगाडि सार्दै आफूहरु बढेको बताए। पछिल्लो समय बढ्दो बेरोजगारीको समस्याले पुरुषहरु बाहिरी देश जाने र महिलाहरु धेरै मात्रामा पशुपालन तर्फ उन्मुख रहेको समेत बताएका थिए ।

आफ्नो वडाबाट गाउँपालिकासम्म पशु चौपाया लगेर उपचार गराउन नसक्ने त्यस्ता किसानहरुको सहजताका लागी कृषि पशुपालनमा देखिएका समस्या समाधानसहित पशु स्वास्थ्य शिविर आयोजना गरीएको अध्यक्ष गिरीले बताए ।

शिविरबाट १७२ जना किसानले आफ्नो पशुचौपायको औषधि उपचार तथा जाँच  गराएका थिए।जसमा भेडा/बाख्रा ९७०,कुखुरा हास ४५००,भैसी ४३५,बङ्गुर १४८ र १० वटा बोकालाइ खसी बनाउने लगायत जाँच  सहित औषधि बितरण गरीएको हेफर प्रोजेक्ट नेपालकि पालिका सयोजक गोमा भट्टराईले जानकारी दिनुभयो । शिविरमा पशु डाक्टर पशु बिज्ञ डा. गान्धि उपाध्यायले उपचार तथा औषधि बितरण गरेका थिए ।शिविरमा गाउँपालिका पशु सेवा शाखाको समेत सहभागीता रहेको थियो ।

पशु स्वास्थ्य शिवीरको नमुना महिला समुहकी अध्यक्ष मिना नेपालीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा औपचारिक उद्घाटन गरिएको हो।

हेफर नेपालकी गाउँपालिका संयोजक गोमा भट्टराईको स्वागत मन्तब्यबाट शुरु गरिएको शिविर उद्घाटन कार्यक्रमको सहजिकरण महिला सामुदायिक सेवा केन्द्र घोराहिका नवराज अधिकारीले गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्