लोकनाथ पौड्याल र तेस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ्। आज बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको हो।

मधेश प्रदेशका कामु सचिव पौड्याल र कृषि तथा बन समूहबाट मिश्र सचिवमा बढुवा भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

बढुवा समितिले प्रशासनतर्फ रिक्त रहेको सचिव पदका लागि पौड्यालसहित गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो।

यता कृषि तथा वन समूहबाट समितिले सन्जीवकुमार कर्ण, समबन शिवाकोटी र मिश्रलाई रिक्त सचिव पदका लागि सिफारिस गरेको थियो। तर तेस्रो नम्बरमा रहेका मिश्र सचिवमा बढुवा भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्