सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

कैलाली । नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । 

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीलाई २८ जना सांसदहरुले विश्वासको मत दिएका हुन् 

प्रदेश सभामा मत विभाजन हुँदा नेकपा एमालेको ११ , सभामुख बाहेक माओवादी केन्द्रको १० , नागरिक उन्मुक्ति पार्टी (नाउपा) रन्जिता श्रेष्ठ पक्षका २, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका हुन् ।

प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरुले नारावाजी गर्दै वेल घेराउ गरेका थिए।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्