बैशाखभर बाँके प्रहरीले के-के गर्‍यो ?

बिहीबार, जेठ ३, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले बैशाख महिनाभर गरेको अवैध तस्करीविरुद्धको कारबाहीमा ५२ लाख ६ हजार ८२५ रुपैयाँ बराबरको अवैध सामगरि बरामद गरेको छ।

अवैध तस्करीविरुद्धको कारबाहीको दौरानमा बाँके प्रहरीले अवैध सामग्री, अवैध सामग्री ढुवानीमा प्रयोग भएको एउटा ट्रक र ३ वटा मोटरसाइकलसहित २३ जनालाई पक्राउ गरेको र आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय नेपालगन्ज बुझाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

त्यस दौरानमा बाँके प्रहरीले कागजपत्र नभएका र सवारी धनी नखुलेका ३ लाख १० हजार मूल्य कायम गरेर ६ वटा मोटरसाइकललाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएको छ।

त्यसैगरी बैशाख महिनाभर नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै गरेका दुई जेसीबी र अवैध उत्खनन गरिएको नदीजन्य पदार्थ ढुवानी गरिरहेका ८ वटा टिपरलाई कारबाही गर्दा १० लाख ५ हजार रुपैयाँ जरिवाना गराइएको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँकेभर नियम उल्लंघन गरेर चलाइएका ३२५८ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ। जसअन्तर्गत कारबाही परेका सवारीसाधनबाट ३६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

जिल्ला प्रहरी बाँकेले अपराध नियन्त्रणको सिलसिलामा नेपालगन्ज-१३ बाट कटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा बाँके प्रहरीले विभिन्न होटेल तथा रेस्टुरेन्टहरुमा चलाइएको अवैध यौनधन्दा गर्ने र गराउने २८ जनालाई लिएर कारबाही गरेको डीएसपी डाँगीले बताए।

यसैगरी महिला तथा बालबालिका सम्बन्धि १७ वटा मुद्दा दर्ता गरि ९ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको प्रक्रिया चलाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। जसअन्तर्गत ५४ वटा घरेलु हिंसाको उजुरी आएकोमाअ ३६ वटा उजुरीको समाधन गरिएको हो।

बाँकेभरबाट ५४ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको निवेदनमा १८ जनालाई फेला पारेर अभिवाकको जिम्मा लगाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी बैशाखभर बाँकेमा समुदाय प्रहरी सहकार्य र गतिविधि अन्तर्गत सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनालाई प्रभावकारी बनाउन २५५ पटक सचेतनामूलक लेन अनुशासन,जेब्रा क्रसिङ,ट्राफिक लाईट  लगायत अन्य सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीले समुदायमा प्रहरीबीचको सहकार्य अभिवृद्धि गर्दै आपराध रोकथामका लागि बैशाखमा ३९ पटक सचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ। जसमा १० पटक आत्महत्या न्यूनिकरण , ७ पटक लागूऔषधविरुद्धको सचेतना र दुई पटक तेस्रो लिङ्गी र फरक क्षमता भएकाहरु र  अल्पसंख्यकसँग प्रहरी कार्यक्रम गरेको डीएसपी डाँगीले जानकारी दिएका छन् ।

त्यस्तै बाँके प्रहरीको आन्तरिक सुदृढीकरण अन्तर्गत बाँकेभर रहेका प्रहरी कार्यालयहरुलाई एकआपसमा प्रतिस्पर्धा गराई सेवा प्रवाहलाई प्रभावकारितामा ल्याउन उत्कृष्ट कार्य गर्न बनाइएको मापदण्ड अनुसार इलाका प्रहरी कार्यालय धनौली खजुरा बैशाख महिनाको उत्कृष्ट कार्यालय रहन गएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यसैगरी बाँके प्रहरीले बैशाखमाअ कर्मचारीको आचरण शुद्धीकरण अन्तर्गत आचरण विपरीत कार्य गर्ने दुई जना प्रहरीलाई विभागीय कारबाही गरेको जनाएको छ।

प्रहरी कार्यालय परिसरभित्र सौन्दर्यकरण गरेर सेवाग्राहीमैत्री बानाउने उदेश्यका साथ जिल्ला प्रहरी परिसर र इलाका प्रहरी कार्यालय खजुरा परिसरमा वृक्षरोपण  गरेको छ। यस्तै इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै त्यहाबाट सेवा सुचारु गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

जिल्लाभित्रका संबेदनसिल सडक र राजमार्ग सुरक्षाका लागि कोहलपुर नगर क्षेत्र र राजमार्गमा स्थानीय सरकारको सहयोगमा १६९ वटा सिसीटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्