पाल्पामा बोलेरो दुर्घटना हुँदा एक बालकसहित दुईको मृत्यु, ३ जनाको अवस्थ,गम्भीर

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही स्थानकै २० वर्षीय तेजन सोमै रहेका छन् ।

बुधबार राति नवलपुरको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ आउँदै गरेको लु१ज ३३२४ नम्बरको बोलेर जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका राजीव र तेजनको उपचारका क्रममै गएराति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका घाइते भएका १३ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्