पञ्जाबले राजस्थानलाई हरायो

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स (आरआर) लाई पञ्जाब किङसले ५ विकेटले हराएको छ।

गएरातिको खेलमा पहिलो ब्याटिङ गरेको आरआरले दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पञ्जाबले १८.५ ओभरमै १४५ रन बनाउदै आरआरलाई ५ विकेटले पराजित गरेको हो।

पञ्जाबका लागि शाम करणले सर्वाधिक ६३ रन बनाएका थिए। आरआरका अभेस खान युजुभेन्द्र चाहलले २-२ विकेट लिए।

त्यस्तै आरआरका लागि रियान परागले सर्वाधिक ४८ रन बनाउदा पञ्जाबका शाम करण, हर्सल पटेल र राहुल कहाले २-२ विकेट लिएका थिए।

दुबै टोलीले एक-एक खेल खेल्न बाँकि छ्दा आरआरको १६ अंक रहदै प्लेअफ पुग्ने सम्भावना अझै कायम छ भने १० अंक रहेको पञ्जाब प्लेअफ पुग्ने सम्भावना अन्त्य भएको छ।

प्रतियोगितामा कोलकाता नाइट राइडर्स १९ अंकका साथ शीर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्