स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । युरोपेली राष्ट्र स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार भएको छ। राजधानी बाहिरको एक शहरमा  बैठक सकेर बाहिर निस्किने क्रममा स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथी गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

राजधानीदेखि करिब १८० किलोमीटर टाढा रहेको ह्याण्डलोभामा जनतासँग अभिवादन साटासाट गर्दै गरेको अवस्थामा सोही भिडबाट प्रधानमन्त्री रोबर्टमाथि गोली प्रहार भएको बताइएको छ।

पेट र हातखुट्टामा गोली लागेका रोबर्टलाई तत्कालै हेलिकप्टरबाट अस्पताल लगिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ।

स्लोभाकियन प्रहरीले गोली प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्