बागलुङमा जिप दुर्घटना, १६ जना घाइते

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

बागलुङ । सडकदेखि चिप्लिएरजिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा बुधबार साँझ   दुर्घटनामा परेको हो । 

साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । 

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए ।

दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए। घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उनको भनाइ छ ।

“दुर्घटना भएको खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा लागेको थियो, सबै घाइतेलाई उद्धार गरेर बुर्तिबाङ पठाइएको छ । दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्