पेट्रोलको मूल्य लिटरमा ७ रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा ७ रुपैयाँ घटाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ५ रुपैयाँ घटाएको छ।
निगमले आज राति १२ बजेदेखि घटेको नयाँ मूल्य लागू हुने जनाएको छ। अब पेट्रोलको मूल्य लिटरमा १७१ , डिजेलम १५९ र मट्टितेलको १५४ रुपैयाँमा झरेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ २०:२६
प्रतिक्रिया दिनुहोस्