संसदमा कांग्रेसलाई बोल्न नदिने केपी ओलीको चेतावनी

बुधबार, जेठ २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसविरुद्ध खनिदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न चेतावनी दिएका छन् ।

आज  पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।

उनले भने, ‘जहाँसम्म गिरीबन्धु टि–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमीन बिक्री गर्न दिएको छ । त्यही टि–स्टेटको पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेश बमोजिम ऐन बनाएका हौँ । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नतर्सिने चेतावनी दिए ।

त्यस्तै अब संसद बैठकमा कांग्रेसलाई बोल्न नदिए बताउँदै गृहमन्त्री लामिछानेलाई संसदको रोस्टम प्रयोग गर्न दिने  उनले बताए।कांग्रेसले रोक्न खोजे प्रतिकार गर्ने र र गृहमन्त्री बोल्न नपाए एमाले बोल्ने केपीले बताए।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्