बेरोजगार महिलालाई भिजिट भिसामा दुबई हुँदै कुवेत लगेर बेचबिखन गर्ने दुई युवक पक्राउ

बुधबार, जेठ २, २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन तथा ओसारपसार परेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयले दैलेखको नारायण नगरपालिका-९ घर भएर काठमाडौंको तार्केश्वर बस्दै आएका २४ वर्षीय राकेश सुनार (गोपाल सुनार भनेर चिनिने) र गोरखा पालुङटार-८ का स्थायीवासी भएर टोखा-६ बस्दै आएका २५ वर्षीय आकाश बाबु बिक( आयुष भनेर चिनिने) लाई बौद्धबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका गोपाल र आयुषले बेरोजगार भएका महिलाहरुलाई दुबईमा राम्रो तलबको लोभ देखाएर भिजिट भिसामा दुबई लगेर त्यहाबाट कुवेत लगेर मानव बेचबिखन गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यालय उनीहरुविरुद्ध मानवबेचबिखनको मुद्दा चलाउनका लागि मानव बेचबिखन ब्यूरोमा पठाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्