मलामी लिएर गएको गाडी दुर्घटना,१४ जना घाइते

बुधबार, जेठ २, २०८१
Neuro hospital Nepalgunj

दोलखा । मलामी लिएर गएको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

आज बिहान दोलखाको मेलुङ गाउँपालिकाको भटमासेमा मलामी लिएर जाँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो जिप दुर्घटना भएको दोलखा प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १४ जना घाइते भएको र सुरक्षा फौजले उद्दार गरेर घाइतेहरुलाई अस्पताल पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्