चुनाव भएको २ वर्षपछि ब्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश

बुधबार, जेठ २, २०८१

तनहुँ । उच्च अदालत पोखराले २०७९ बैशाख ३० गते भएको ब्यास नगरपालिकाको स्थानीय तहको चुनावको पुनः मतगणना गर्ने आदेश दिएको छ।

मंगलबार उच्च अदालतले ब्यास नगरपालिकाको २ वर्ष अघिको चुनावको पुनः मतगणना गर्ने फैसला सुनाएको हो।

उक्त स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले दिएको रिटमा उच्च अदालत पोखराका न्यायाधीश निर्मला पौडेल भट्टराई र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले निवेदकले दिएको रिटको पक्षमा फैसला गरेको हो।

२ वर्षअघिको उक्त नगरपालिकाको चुनावमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएका स्वतन्त्र उम्मेदवार जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्चमा रिट दायर गरेका थिए।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्