कांग्रेस नेता पोषण केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

मंगलबार, जेठ १, २०८१
Neuro hospital Nepalgunj

बाँके । नेपाली कांग्रेसका युवा नेता एवम् क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति तथा मिनेटखबरका मुख्य सल्लाहकार पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ ।

केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लौकीस्थित निवासमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो । कांग्रेसको वडा, प्रदेश, क्षेत्र, जिल्ला कार्यसमितिसंगै अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा श्रद्धाञ्जलीसभा गरिएको हो । 

राप्तीसोनारी वडा नम्बर १ कार्यसमितिका सभापति मोहन डाँगीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा गरिएको श्रद्धाञ्जली सभामा सभापति गौडेल, पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, प्रदेश १ ९ख० का सभापति बलराम शर्मा र राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्रीले शोक मन्तब्य ब्यक्त गरेका थिए ।

 

बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । श्रद्धाञ्जलीसभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट मनबिर केसी र स्थानीय भिमार्जुन देवकोटाले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव इन्द्र वलीले गरेका थिए । 

त्यसक्रममा पार्टीका तर्फबाट प्रबक्ता डिल्ली गिरीले शोक बक्तब्य वाचन गरेर सुनाएका थिए । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्