कांग्रेस संसदीय दलको बैठक बस्दै

मंगलबार, जेठ १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक ८  बजे बस्ने भएको हो। हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक आजका लागि सरेको हो।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ । 

सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन । 

आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । कांग्रेसले भने आफूहरूले राखेको माग पूरा नभएसम्म संसद सहज रूपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ ।

आजको कांग्रेस संसदीय दलको बैठकमा  संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्