अशोक राईको जसपाले पायो दुई मन्त्री र एक राज्यमन्त्री

सोमबार, वैशाख ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अशोक राईको नयाँ गठित जनता समाजवादी पार्टी ( जसपा) सरकारमा गएको छ। जसपाले सरकारमा दुईमन्त्री र एक राज्यमन्त्रीलाई पठाएको छ।

जसपाका महासचिव इस्तियाक राईका अनुसार सरकारमा प्रदिप यादव र रन्जु झालाई मन्त्री  र हसिना खानलाई राज्यमन्त्रीमा सिफारिस गरेको बताए।

प्रदिप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानलाई स्वास्थ्य राज्यमन्त्रीको प्रधानमन्त्रीको जिम्मेवारी दिन लागेको राईले बताए। रन्जु झाको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्