उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा

सोमबार, वैशाख ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका हुन् ।

दुबै जनाले केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर फर्केका हुन् ।

मधेश प्रदेशमा जसपाबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादव सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएपछि र अशोक राईले जसपाका ७ केन्द्रीय सांसद लिएर अर्कै पार्टी खोलेपछि तनावमा परेका यादवले मन्त्रीबाट राजीनामा दिएका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्