कांग्रेसले कडा कदम चाल्दै, बस्दै संसदीय दलको बैठक

सोमबार, वैशाख ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेकोछ । बैठक आज दिउँसो १ बजे बस्ने तय भएपनि बैठक भोलि बिहान ९ बजे बस्ने भएको हो।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ । 

सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन । 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

कांग्रेसले भने आफूहरूले राखेको माग पूरा नभएसम्म संसद सहज रूपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ ।

संसदीय छानबिन समिति बनाउन आइतबार बालुवाटारमा कांग्रेसका शीर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो । 

जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । 

आजको कांग्रेस संसदीय दलको बैठकमा मंगलवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

सच्याइएको।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्