तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसका बिनिल केसी निर्वाचित

सोमबार, वैशाख ३१, २०८१
Neuro hospital Nepalgunj

तुलसीपुर । नेपाली कांग्रेसका बिनिल केसी तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा  निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको मत खसेको २९३८ मध्य १५५० मत प्राप्त गरेका हुन । बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन । शाहले १३४० मत प्राप्त गरे । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका हुन ।

टिकट नपाएपछि रुष्ट बनेका शाहले काँग्रेसको निर्णय बिपरित नेकपा एमाले, माओबादी केन्द्रसहित अन्य दलहरु संग चुनाबी तालमेल गरि निर्वाचनमा होमिएका थिए । पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव ।

नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट सुरु भएको मत गणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्