१ क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका थप एक कर्मचारी निलम्बित

शनिबार, साउन ६, २०८०

काठमाडौं । राजस्व अनुसन्धान बिभागले बरामद गरेको १ क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार विभागले थप एक जना कर्मचारीलाई निलम्बन गरेको छ।

छानबिन समितिको निर्णयबाट सुन तस्करीमा संलग्न  भन्सारका अपरेटर सरोज श्रेष्ठलाई निलम्बन परेका छन् ।

विभागले शुक्रबार विमानस्थल भन्सार कार्यालयका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिसकेको छ भने भन्सार एजेन्ट यादव पराजुली पनि छानबिनका लागि निलम्बनमा परिसकेका छन् 

मंगलबार हङकङदेखि क्याथे प्यासिफिक एयरबाट काठमाडौँ ल्याइएको १ क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा  राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा एक जना चिनिया नागरिक जीक्वाङ लिनसमेत छन् । 

सुन तस्करी प्रकरण बारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिएरहेको छ।

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्