चार प्रहरी वरिष्ठ अधिकृतले पाए एआईजी र डीआईजीको दर्ज्यानी चिन्ह

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका भिमप्रसाद ढकाल र उमेशराज जोशीले दर्ज्यानी चिन्ह पाएका छन् । 

आज प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहकाबीच ढकाल र जोशीलाई एआईजीको चिन्ह प्रदान गरेका हुन् ।

त्यस्तै प्राविधिक डीआईजीमा बढुवा भएका डा. देउती गुरुङ र  साइबर युनिटतर्फका ई.निबिन्द्र अर्यालले पनि आज दर्ज्यानी पाएका हुन् ।

ढकाल र जोशीलाई बैशाख २७ गते मन्त्रिपरिषद्ले  डीआईजीबाट एआईजी र गुरुङ र अर्याललाई बैशाख २३ गते एसएसपीबाट प्राविधिक डीआईजीमा बढुवा गरेको थियो।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्