नर्सिङ क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं । नर्सहरुको सेवा - सुविधामा एकरुपता नभएको पाइएको हुँदा त्यसको सकारात्मक सुधार ल्याउन सरकार लागिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

आज चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नर्सको सेवा-सुविधामा सुधार ल्याउने बताउँदै बिरामीको संख्याको हेरेर नर्सको दरबन्दी कायम गर्न सरकार तयार रहेको बताएका हुन् । साथै नर्सहरुका विभिन्न समस्या समाधान गर्न सरकार लागेको उनले बताए।

प्रधानमन्त्रीले भने- ' सबै कुराको सर्बे गरेर दरबन्दी थप्ने बारेमा सरकारका तर्फबाट आफूले छलफल समेत गरिसकेको र यो कार्यको समाधान अगाडी बढ्नेमा विश्वास लिएको छु।' देशमा पछिल्लो समयमा स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारमा महत्त्वपूर्ण प्रगति भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले देशमा नर्समा बढ्दो आकर्षण रहेको बताए।

'नर्सिङ क्षेत्रमा बर्तमान समयमा देखिएको आकर्षणले यो क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको देकिन आएको छ',प्रधानमन्त्रीले भने, प्राइभेट अस्पताल,नर्सिङ होमहरुमा सरकारको न्युनतम पारिश्रमिक सरह सेवा-सुविधा सरह सुनिश्चित गर्नुपर्ने र उत्पादन भएको नर्सिङ जनशक्तिलाई स्वदेशमै रोजगारीको आवश्यक व्यवस्था गर्न सरकार तयार रहेको छ।'

प्रधानमन्त्रीले भने-" सरकार बजेट ल्याउने अन्तिम संघार रहेको बेला नर्सिङ क्षेत्रका समस्या समाधान हुने बजेट तथा कार्यक्रम ल्याउन पहल गरिनेछ।"

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्