बाँकेको बैजनाथद्वारा पशुपंक्षी पालक किसानलाई २५ लाख रुपैयाँ वितरण

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेस्थित बैजनाथ गाउँपालिकाले  किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशुपंक्षी पालक व्यावसायीकहरूलाई नगद सहयोग गरेको छ । 

बैजनाथ गाउँपालिमा दर्ता भएका पशुपंक्षी पालक व्यावसायीक किसानहरुलाई ७० प्रतिशत अनुदान अन्तर्गत पालिकाका ८ वटै वडाका ३१ जना किसानलाई गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले  जनही ८३ हजार १ सय ७७ रुपैयाँ गरि २५ लाख ७८ हजार ४ सय रूपैया प्रत्येक वडामा गएर बितरण गरेका छन । 

अनुगमन मुल्यांकनको आधारमा छनौट भएका बङ्गगुर, लोकल कुखुरा , गाई-भैंसी र  बाख्रा पालक किसानहरूलाई बितरण गरिएको हो।

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्