कांग्रेससँग छलफल गर्न प्रधानमन्त्री तयार

आइतबार, वैशाख ३०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । संसदको अवरोध हटाउन नेपाली कांग्रेसलाई छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएर संसद अवरुद्ध गर्दै आएको कांग्रेससँग आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डले छलफल  गर्न लागेका हुन् ।

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्नुपर्ने हुँदा कांग्रेसको संसद अवरोधका कारण सहमतिका लागि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

कांग्रेससँग आफैं छलफल गर्न तयार भएका प्रधानमन्त्रीले यो बाहेक अन्य के कुरामा छलफल गरिने बराइएको छैन ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्