दाङको घोराहीमा बञ्चरो प्रहारबाट दुई महिलाको हत्या

शनिबार, वैशाख २९, २०८१

घोराही । दाङमा बञ्चरो प्रहारबाट दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका-१० नारायणपुर नजिक पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको हो ।

जिल्ला प्रहरी दाङका अनुसार उनीहरुमाथि बञ्चरो, कोदालो प्रहार गरी हत्या भएको थियो । उनीहरु त्यहाँ कोठा भाडामा बस्दै आएका थिए । प्रहरीका अनुसार बुढाको पहिलेको घर रुकुम र सुनारको पहिलाको घर सुर्खेत रहेको खुलेको छ ।

उनीहरुको हत्या आज दिउँसो भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्या गरेको आरोपमा रोल्पाका ५८ बर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको जनाएको छ । उनी पेशाले अटो चालक रहेको तथा घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्