मकालु हिमाल आरोहण गरेर फर्किदै गरेका पर्वतारोहीको मृत्यु

शनिबार, वैशाख २९, २०८१
Neuro hospital Nepalgunj

संखुवासभा । मकालु हिमाल चढेर फर्किने क्रममा  एक पर्वतारोहीको मृत्यु भएको छ।

संखुवासभाभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । 

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका २ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । 

घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ ।  

घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्