आईपीएलको शीर्ष स्थानको केकेआर र प्लेअफबाट बाहिरिएको मुम्बई भिड्दै

शनिबार, वैशाख २९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्रतियोगिताको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर) र मुम्बई इन्डियन्स भिड्दैछन्।

प्लेअफबाट बाहिरिसकेको मुम्बईको आज १३ खेल तथा केकेआरको १२ खेल हो।प्रतियोगितामा केकेआर ११  खेलसम्म ८ जित तथा ३ खेलमा पराजित भएको छ भने मुम्बई १२ खेलमध्ये ८ मा हार र ४ खेल जितेको छ।

आईपीएलको आजको ६० औं खेल कोलकाताले आफ्नै घरेलु मैदान इडेन गार्डेन मुम्बईविरुद्द खेल्ने खेल साँझ पौने ८ बजे सुरु हुने छ। यसअघि एक खेलिसकेको खेलमा केकेआर २४ रनले विजयी बन्दा आज प्रतियोगितामा दुबै टोली दोस्रो पटक भिड्दै छन ।

 ब्याटिङ पिच रहेको इडेन गार्डेनमा अहिलेसम्म भएको केकेआर र मुम्बईबीचको खेलमा मुम्बई ७ र केकेआरले ३ पटक जितेको छ।

इडेन गार्डेनको ब्याटिङ पिचमा हालसम्म आईपीएलका ९२ खेलमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले  ३७ र जवाफी ब्याटिङ गर्नेले ५५ पटक खेल जितेका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्