दमकल नहुँदा दुई घर जलेर खरानी

शनिबार, वैशाख २९, २०८१

बाग्लुङ । जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका  छन् ।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। 

मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले  निभाउने प्रयास गरेका थिए । गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए ।

घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे । यस सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्