इटहरीमा ४ जना सवार मोटरसाइकल भ्यानसँग ठोक्किँदा ३ को मृत्यु, एक जना गम्भीर घाइते

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

इटहरी। सुनसरीमा पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किँदा  तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

इटहरीमा -१७ कान्छी चोकमा गए राति पौने ११ बजे  मोटरसाइकलमा चार जना सवार मोटरसाइकल भारतीय नम्बर प्लेट डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा मोटरसाइकल सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ।

उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान    उपचारका क्रममा इटहरी १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना बारे थप अनुसन्धान गरिरहे पनि मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएको प्रहरीले अनुमान गरेको छ।

 

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्