इस्तियाक राईले आफ्नै गृह जिल्लाका प्रभावशाली नेताको पाएनन् साथ

शुक्रबार, वैशाख २८, २०८१
Neuro hospital Nepalgunj

बाँके । पार्टी विभाजनमा महत्वपूर्ण भूमिका खेलेर जनता समाजवादी पार्टी  पार्टी गठन गरी महासचिव बनेका बाँकेका मो. इस्तियाक राईले आफ्नै जिल्लाका प्रभावशाली नेताहरुको साथ पाएनन् ।

जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य एवम् बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह राईलाई साथ नदिएर उपेन्द्र यादवकै पक्षमा खुलेका छन् ।

उनीहरुले आज छुट्टाछुट्टै विज्ञप्ती निकालेर आफूहरु उपेन्द्रसंगै रहेको प्रष्ट्याउँदै उपेन्द्रकै पक्षमा एकताबद्ध हुन आह्वान समेत गरेका छन् ।

जिल्लाका नेताहरुको साथ पाउने अपेक्षा गरिएका बेला प्रभावशाली नेताहरुले नै साथ छाडेपछि राई अप्ठेरोमा परेका छन् । 

उपेन्द्र यादव पक्षका बाँकेका दुई प्रभावशाली नेताको विज्ञप्ति-


 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्