उपेन्द्र यादवको सधैं श्रीपेच लगाउने परम्परा तोड्न नयाँ बाटो रोज्यौ: अशोक राई

बिहीबार, वैशाख २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ दर्ता भएको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अध्यक्ष उपेन्द्र यादवले सधैभर श्रीपेच लगाउने कार्यशैली ठीक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन परेको बताएका  छन् । राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठीक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका हुन् ।

उनले आफूहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए । राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शितासमेत नहुने गरेको बताए । 

उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।

अमेरिका जानुअघि उपेन्द्र यादवले पार्टीको विधान विपरीत निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।

जसपा नेपालका १२ सांसदमध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंवैधानिक रहेको बताउँदै अदालत जाने बताएका छन् ।

  

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्