कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

बिहीबार, वैशाख २७, २०८१
Neuro hospital Nepalgunj

विराटनगर । कोशी सरकारको मुख्यमन्त्रीमा फेरि नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । एमाले कोशी संसदीय दलका नेता ५२ जना सांसदको समर्थनमा आज दिउँसो मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री परशुराम खापुङले कार्कीको समर्थनमा रहेका ५२ सांसदको सनाखत भएसँगै कोशीको मुख्यमन्त्रीमा कार्की नियुक भएका हुन् ।

कार्कीलाई ३९ जना एमालेका र माओवादीका १३ सांसदको समर्थन रहेको छ। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएका थिए।

आजै नेपाली कांग्रेसबाट यसअघिका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखविरुद्द सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्