जलेश्वर नगरपलिकाका मेयर, उपमेयरसहित १२ जनाविरुद्द भ्रष्टाचार मुद्दा

बिहीबार, वैशाख २७, २०८१

महोत्तरी ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले महोत्तरी जिल्लास्थित जलेश्वर नगरपालिकाका मेयर सुरेश शाह सेनार , उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

विशेष अदालतमा दायर भएको मुद्दामा जलेश्वर-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन कार्य गरेर भ्रष्टाचार आरोप छ। उक्त भ्रष्टाचार मुद्दामा मेयर, उपमेयर र प्रमुख प्रशासकी अधिकृत  वडा नम्बर १ का वडाध्यक्ष अनिल झा, अन्य कर्मचारी लगायत उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्द मुद्दा दायर भएको हो।

यस्तो छ मुद्दाको विवरण-

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्