सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

बिहीबार, वैशाख २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज सर्वोच्च अदालतका सबै पेशीका सुनुवाइ स्थगित भएका छन् । सर्वोच्चका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनमा आज सर्वोच्चका पेशी स्थगित भएका हुन् ।

पेशी तोकेर सुनुवाइमा राखिसकेका सबै मुद्दासमेत स्थगित गरिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

सबै पेशी स्थगित गरिएपनि प्रशासनिक काम भने सुचारु नै रहेको अदालत प्रशासनले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्