आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै पारस खड्काले दिए यस्तो चेतावनी....

बिहीबार, वैशाख २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  

यस्तो छ उनको भनाइ-

पछिल्लो केहि समय यता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले म माथी भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ। 

नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतस् सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु। 

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थस् भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका विच संकल्प गर्दछु।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्