बैंकिङ कसुर मुद्दामा फरार महिला प्रतिवादी बाँकेबाट पक्राउ

बुधबार, वैशाख २६, २०८१

नेपालगन्ज । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक जना महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँकेले खजुरा गाउँपालिका-१ राधापुरकी फरार रहेकी २७ वर्षीय ज्ञानु चन्द थापालाई पक्राउ गरेको हो।

जिल्ला अदालत बाँकेबाट ७ दिनको कैद सजाय र ३४ लाख रुपैयाँ जरिवाना सजाय पाएकी चन्दलाई पक्राउ गरि  चन्दलाई बाँके प्रहरीले जिल्ला अदालत बाँके बुझाएको जनाएको छ।

२०८० बैशाख ८ गते जिल्ला अदालत बाँकेको फैसला पश्चात् फरार रहेकी चन्दलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्