सल्यानमा चट्याङ लागेर आधा दर्जन पशु चौपाया मरे

बुधबार, वैशाख २६, २०८१
Neuro hospital Nepalgunj

सल्यान । चट्याङले हानेर सल्यानमा आधा दर्जन पशु चौपाया मरेका छन् ।

सल्यानको बनगाँड कुपिण्डे नगरपालिका- ५ लालबहादुर पुनका आधा दर्जन पशु चौपायालाई चट्याङ लागेर  मरेको  सल्यान प्रहरीले जानकारी दिएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीका अनुसार चट्याङ परेपछि गोठ भित्र बाँधेर राखेका पुनले पालेका चार बाख्रा, दुई गाई र एउटा गोरु मरेको हुन ।

घटनास्थल सल्लीबजारदेखि झन्डै २१ किलोमिटर टाढा रहेको हुँदा बुधबार बिहान मात्रै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्