आज मातातीर्थ औंसी

बुधबार, वैशाख २६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । 

आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्